लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बैंकले ८८ करोड ३१ लाख ३० हजार ३५६ रुपैयाँ बराबरको बोनस र २४ करोड ५३ लाख १३ हजार ९८८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बोनसपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।
अघिल्लो आव २०७५/७६ बाट बैंकले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेकोमा गत आवमा भने ३.५० प्रतिशतले घटेको लाभांश हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया