उत्पादकत्व बढाउन किसानलाई नगद अनुदान


गोरखा । उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा ४ लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।

गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन, नगदेबाली, पशुपालन एवं फलफूलखेती गर्नेलाई अनुदान उपलब्ध गराइएको हो ।

नगद अनुदान कार्यक्रमका लागि ५कृषि समूह, फलफूल तथा पशुपन्छी फार्म र १० जना किसानलाई प्रदान गरिएको हो ।

अनुदान पाएका किसानले डल्ले खुर्सानी, ड्रागन फ्रुट, मौरीपालन, केराखेती, आलु तथा सुन्तलाखेती गरेका थिए । पालिकाले ९ हजारदेखि ५१ हजारसम्म अनुदान प्रदान गरेको छ ।

पालिकाले अन्य किसानलाई पनि कृषि कर्ममा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरिएको बताउँदै उत्पादकत्व वृद्धिका कार्यक्रममा लाग्न शाखाप्रमुख नेपालीले पालिकाका सबै किसानलाई अनुरोध गर्नुभएको छ । रासस

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  ०८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।