माउन्टेन इनर्जीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि नेप्सेमा किनबेच गर्न पाइने भएको छ ।
कम्पनीले मंगलबार एक करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको छ ।
कम्पनीको शेयरलाई नेप्सेले एमइएन (MEN) कारोबार संकेत दिएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ११४ रुपैयाँ ८१ पैसा देखि ३४४ रुपैयाँ ४३ पैसा ओपनिङ्ग रेन्ज ताकिदिएको छ । त्यस अनुसार बुधबार कम्पनीको कारोबार खुल्नेछ ।
कम्पनीले केही समय अगाडि स्थानीय र सर्वसाधरणका लागि चुक्ता पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गरेको थियो ।
सर्वसाधारणले १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर हात पारेका थिए।
कम्पनीले शेयर प्राप्त गर्ने लगानीकर्ताको डिम्याट एकाउन्टमा शेयर पठाइसकेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया