काठमाडौँ । लगातारको उतारचढावबीच साताको कारोबारको अन्तिम सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । बिहीबार नेप्से २.६२ अंकले बढेर २७८८.३६ अंकमा पुगेको छ ।
बिहीबार ७६ हजार ५४२ पटकको कारोबारमा १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयरहरु ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँमा किनबेच भएका छन् ।
बुधबार नेप्से १०.५० अंकले घटेर २७८५.७४ अंकमा पुग्दा ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार अन्य समूह ४७.१६ अंकले बढेको बजारमा उत्पादन तथा प्रशोधन समूह ४३.२३, व्यापार समूह ४०.२५ र विकास बैंक समूह ९.७८ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
नेपाल रिपब्लिक मीडियाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । पञ्कन्या माई हाइड्रोपावरको सेयर मूल्य ५.५६, कुमारी सबल योजना ४.६३, रादी विद्युत कम्पनीको सेयर मूल्य ४.४३ र उन्नती स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ४.२२ प्रतिशतले बढेको छ ।
नेपाल रिइन्स्योरेन्स ४७ करोड १७ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा छ । कारोबार आएका इकाई संख्या र कारोबार संख्याको आधारमा १८ लाख ५३ हजार ५५६ इकाईको ४ हजार ५३४ पटकको कारोबार सहित बलेपी हाइड्रोपावर शीर्षस्थानमा छ ।
बिहीबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड ३५ लाख २१ हजार रुपैयाँ कायम भएको छ । बुधबार कुल बजार पूँजीकरण ४६ खर्ब ५१ अर्ब ८९ करोड २४ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया