सिनर्जी पावरले लाभांंश घाेषणासंगै डाक्याे साधारण सभा

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) ले लाभांंश घाेषणासंगै साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनी सञ्चालक समितिकाे मंसिर ३० गते सम्पन्न बैठकले शेरधनीलाई ५ प्रतिशत  लाभांश ( ४.७५ प्रतिशत बाेनस र कर प्रयाेजनका लागि ०.२५ प्रतिशत नगद ) वितरण गर्ने निर्णय गरेकाे हाे । 

यस्तै बैठकले पुस २२ गते बिहान ११ बजे भर्चुअल माध्यामबाट साधारण सभा गर्ने निर्णय समेत गरेकाे छ ।   

साधारण सभा र लाभांश प्रयाेजनका लागि पुस १२ गतेदेखि बुकक्लाेज मिति ताेकेकाे छ । यसअनुसार पुस ९ गते बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।