नेपाल बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको बुधबार बसको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले १ अर्ब ३५ करोड ३९ लाख ३८ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर तथा ४५ करोड १३ लाख १२ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया