काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्षमा गरेको नमूना परीक्षणमा १९३ वटा खाद्य वस्तु खान अयोग्य रहको पाइएको छ । विभागले गत आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरेका २ हजार ७३९ वटा नमुनामध्ये सो संख्यामा प्रतिकुल नतिजा आएको हो ।
विभागका अनुसार बजारमा उपलब्ध ६.६२ प्रतिशत खाद्यवस्तु स्वास्थ्यका लागि प्रतिकुल भएको पाइएको छ ।
गत आर्थिक वर्ष विभागले खाद्यान्न/दलहनका ८९५ वटा, तेल तथा घ्यूजन्य पदार्थका ३५१ वटा, फल तथा सागपातजन्य पदार्थका ३४० वटा, मसलाका ३२० वटा, प्रशोधित पिउने पानीका १६७ वटा र गुलियो पदार्थ/कन्फेक्सनरीका १५५ वटा नमूना परीक्षण गरेको छ ।
चियाकफीका १५३ वटा, दुध तथा दुग्धपदार्थका १०८ वटा, नुनका ५९ वटा, मासु तथा मासुजन्य पदार्थका १० वटा, दाना पदार्थका १८ वटा र अन्य खाद्य पदार्थका १६३ वटा नमूना परिक्षण गरेको विभागले जनाएको छ ।
परीक्षण गरिएकामध्ये दलहनका ६२ वटा, तेल तथा घ्यूजन्य पदार्थका पदार्थका ३८ वटा, प्रशोधित पिउने पानीका १७ वटा, मसलाका १६ वटा, दुध तथा दुग्ध पदार्थका १३ वटा, फल तथा सागपात जन्य पदार्थका ११ वटा, चिया/कफीका ४ वटा, गुलियो पदार्थ÷कन्फेक्सनरीका ४ वटा, मासु तथा मासुजन्य पदार्थका १ वटा र अन्य खाद्य पदार्थका ७ वटा नमूना स्वास्थ्यका लागि प्रतिकूल भेटिएको जनाइएको छ ।










प्रतिक्रिया