एफएनसीसीआईको विधान संशोधनको प्रक्रिया अघि बढाउन कार्यदल गठन

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसिआई० को विधान संशोधनको प्रक्रिया अगाडि बढेको छ ।

नव निर्वाचित कार्यसमितिले विधान संशोधनको प्रक्रिया अगाडि बढाएको हो । महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले झण्डै ३ दर्जन बुँदाहरु संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।

महासंघमा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थालाई समेत परिमार्जन गर्ने गरी विधान संशोधनको तयारी गरेको हो।

महासंघको अध्यक्षको प्रत्यक्ष चुनाब गराउने व्यवस्था सहित विधान संशोधन गर्न लागिए पनि अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई भने अध्यक्ष बन्न विधानले नरोक्नेगरी संशोधन गर्न लागिएको महासंघ स्रोतले जनाएको छ ।

महासंघले झण्डै ३ दर्जन बुँदामा विधान संशोधन गर्न मस्यौदा पनि बनाईसकेको छ । विधान संशोधन गर्नकै लागि विशेष साधारणसभा बोलाउने तयारीमा समेत महासंघ जुटेको छ । नव निर्वाचित पदाधिकारीहरुको भेटमा प्रधानमन्त्री केपी शर्माओलीले समेत महासंघको अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्न सुझाब दिएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार  १४ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।