काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८०.१५ को विन्दुमा पुगेर बन्द भएको हो।
कुल ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ताभन्दा बढी शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार १४२ कम्पनीको शेयरमूल्यले बडेको छ भने १०७ कम्पनीको मूल्यमा गिरावट आएको छ।
बजारमा सान्भी इनर्जी कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत (६.९८) ले वृद्धि भएको छ। त्यस्तै, प्योर इनर्जी को सेयर मूल्य ६.०९ प्रतिशत, एभरेष्ट हस्पिटालिटी एण्ड होटल को मूल्य ४.५८ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आज युनाइटेड मोदी हाइड्रोपावर ३१ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार साहित अग्र स्थानमा छ।
त्यसैगरी, हिमालयन डिस्टिलरी को २८ करोड ३७ लाख र रसुवागढी हाइड्रोपावर को २० करोड ३३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज कारोबार रकमको शीर्ष पाँचमा तीन स्थान हाइड्रोपावर कम्पनीले नै ओगटेका छन् ।












प्रतिक्रिया