शेयर बजार परिसूचक नेप्से ओरालो लागेपनि सस्तो मूल्यमा शेयर बिक्रीको चाप बढ्दा कारोबार रकममा भने सुधार आएको छ
यस साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२.७० अंकले घटेर २०३२.५१ विन्दुमा झरेको छ। नेप्से ओरालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। 
नेपाल राष्ट्र बैंकको जारी गरेको नयाँ निर्देशनका कारण शेयर बजारका लगानीकर्ताहरु अलमलिएको पाइएको छ । शेयर धितो कर्जामा गरिएको नयाँ व्यवस्थालाई लिएर उनीहरुको धारणा फरक फरक पाइएको छ । केन्द्रीय बैंकको नयाँ व्यवस्थाका बिषयमा आएका प्रचारहरुले पनि बिहीबारको बजार प्रभावित भएको विश्लेषकहरुको भना
बुधबार ५ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बजारमा बिहीबार ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यसदिन ६१ हजार ६०४ पटकको कारोबारमा १ करोड ४१ लाख १४ हजार कित्ता शेयर किनबेच भयो ।
बिहीबारको बजारमा कारोबारमा आएका १२ उपसमूहमध्ये लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। लघुवित्त उपसमूहको परिसूचक यस दिन ०.२८ प्रतिशत बढेको छ। यस दिन व्यापार र जीवन बीमा उपसमिूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
| Sub-Indices | Current | Points Change | % Change | |
| Banking | 1,493.27 | 11.4 | 0.76 | |
| Trading | 2,018.54 | 58.01 | 2.79 | |
| Hotels | 1,976.25 | 32.06 | 1.6 | |
| Development Bank | 2,190.61 | 16.68 | 0.76 | |
| HydroPower | 1,653.56 | 27.36 | 1.63 | |
| Finance | 874.56 | 8.39 | 0.95 | |
| No Life Insurance | 9,663.45 | 135.59 | 1.38 | |
| Manu. & Pro. | 4,800.68 | 35.1 | 0.73 | |
| Others | 1,663.38 | 32.45 | 1.91 | |
| Microfinance | 3,357.19 | 9.28 | 0.28 | |
| Life Insurance | 13,258.09 | 274.27 | 2.03 | |
| Mutual Fund | 11.37 | 0.07 | 0.57 | |
नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ८० करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख र नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन महुली सामूदायिक लघुवित्त, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, माउन्टेन इनर्जी नेपाल र छ्याङ्गदी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ७.५१ प्रतिशत घटेको छ। नेपाल बैंकको शेयरमूल्य ६.२५ प्रतिशत घटेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया