ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने

0
Shares

ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।

ज्योतिले चुक्ता पुँजीको १० प्रतिशतले हुने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।  अघिल्लो वर्ष बैंकले १२.७५ प्रतिशत बोनस वितरण गरेको थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।