आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ।
लघुवित्त संचालक समितिको २०७७ भदौ ३१ गतेको बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट चुक्ता पूँजी २३ करोड २२ लाखको १५ प्रतिशत बराबरको ३ करोड ४८ लाख बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत बराबरको १८ लाख ३३ लाख नगद लाभांश प्रस्ताव वितरणको प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
हाल २३ करोड २२ लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनशपश्चात चुक्ता पूँजी २६ करोड ७१ लख ३१ हजार २०० रुपैयाँ पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया