युनाईटेड इदीमर्दीको आईपीओ सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारमा जारी गरेको कित्ता आईपी सहित कूल ४२ लाख कित्ता शेयर शुक्रबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरेको हो । कम्पनीको शेयर शुक्रबार नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।नेप्से र सम्बन्धीत कम्पनीबीच सूचीकरण सम्झौता भएको दोस्रो कारोबार दिनदेखि स्टक एक्सचेञ्जमा कारोबार खुल्ने व्यवस्था रहेको छ ।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि युएमआरएच (UMRH) कारोबार संकेत प्रदान गरेको छ । अब कम्पनीको शेयर यसै कारोबार स्म्बिोलमा नेप्सेमा कारोबारमा आउनेछन् । पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९८.७९ रूपैयाँ देखि अधिकतम २९६.३७ रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । यसअनुसार कम्पनीको पहिलो कारोबार ९८ देखि २९६ रुपैयाँसम्मको रेञ्जभित्र रहेर कारोबार हुनेछ ।

कास्कीको पोखरा महानगर पालिका वडा नम्बर १७ मा प्रधान कार्यालय रहेको यस कम्पनीले ग्लोबल आईएमई क्यापिटल जमललाई आरटिएस नियुक्त गरेको छ । यसअनुसार हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य यसै क्यापिटल मार्फत हुनेछ ।

कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्ममा कुल निष्काशित शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरु र र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको थियो। जसमा आवेदन गरेकामध्ये ८१ हजार २६७ जनाले गोलाप्रथाबाट १० कित्ता र ६ जनाले ११ कित्ता शेयर प्राप्त गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।