साताको कारोबारको अन्तिम दिन सेयर बजारमा गिरावट कायमै कारोबार रकम ५ अर्बमा


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन पनि सेयर बजारमा गिरावट कायमै रहेको छ । बिहिबार नेप्से ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

बिहिबार ५६ हजार ८२४ पटकको कारोबारमा १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयरहरु किनबेच हुँदा ५ अर्ब २ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० अंकमा पुग्दा ५ अर्ब २० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएका थियो ।

बिहिबार कारोबारमा आएका निर्जीवन बीमा समूह १८.२५ अंकले बढ्दा अरु सबै उपसमूहले बजार घटाएका छन् । बिहिबार १९७ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्दा जनउत्थान सामुदायीक लघुवित्तको सेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमाको आधारमा २४ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार सहित हिमालयन रिइन्सयारेन्स अग्रस्थानमा छ । कारोबार संख्याको आधारमा पनि २ हजार २ पटकको काराबार सहित हिमालयन रइिन्स्योरेन्स शीर्षस्थानमा रहेको छ ।

बिहिबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । बुधबार बजार पूँजीकरण ४६ खर्ब २० अर्ब ९३ करोड २२ लाख रुपैयाँ कायम भएको थियो ।

 

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।