राज्यका सबै नागरिकलाई नि:शुल्क कोरोना खोपः अर्थमन्त्री

0
Shares

सरकारले १४ वर्षमाथिका सबै नागरिकलाई नि: शुल्क कोरोना खोप उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालयलाई स्रोत जुटाउन कुनै समस्या नरहेको बताउँदै उनले आवश्यकताका आधारमा सबै नागरिकलाई नि:शुल्क कोरोना खोप उपलब्ध गराउन सरकार तयार रहेको बताएका हुन् ।

उक्त भेटमा मन्त्री पौडेलले सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी सरकारको रहेको बताए ।

नेपालमा कोरोना भ्याक्सिन आयातका लागि खोप परीक्षण सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको  र चाँडे खरीद प्रकृया अगाडि बढाइने अगाडि बढाइने उनले जानकारी दिए ।

यसका निम्ति सरकार, राज्यका सबै अंग, र सिंगो सामाजिक जीबन एकाताबद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था रहेको तथा भ्याक्सिनको परीक्षण धेरै अगाडि बढिसकेकाले समयमा नै गुणस्तरीय र लागतका दृष्टिले सस्तो समयमा नै आपूर्ति गर्नतर्फ सरकारको ध्यान गएको उनले बताए ।

मन्त्रीले अर्थ मन्न्त्रालयहरुले गरेका काम कारवार्हीहरुलाई समाजले कसरी हेरेको छ भने थाहा पाउन पनि सञ्चारको विश्लेषण र विवेचनातिर फर्कनुपर्ने हुनाले आफु नाफिजसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको जानकारी दिँदै घनिष्ठ सहकार्यका लागि समेत आह्वान गरेका थिए ।

उनले नाफिज कार्यसमितिलाई स्वागत गर्दै संस्थालाई नयाँ उचाई प्रदान सफल हुन शुभकामना दिएका थिए । सञ्चार क्षेत्रका माग, सुझाव तथा समस्याहरुलाई लिपिबद्ध गर्दै के कसरी साधान गर्न सकिन्छ भनेर अगाडि बढ्न चाहेको उनको भनाई थियो।

अहिले कोभिडले उत्पादन, रोजगारीमा प्रभाव पारेकाले त्यसको प्रभाव राजश्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालनमा, र आर्थिक वृद्धिदरमा समेत प्रभाव पारेकाले सबै एकजुट हुनुपर्ने आवश्यकता अर्थमन्त्रीको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७७, शुक्रबार  १५ : १५ बजे