वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह


काठमाडौँ । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।रासस

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  ०६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।