भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब २६ करोड ५० लाख ७९ हजार रुपपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७४ प्रतिशतले बढी हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइंका अनुसार गत आवको साउनमा १ अर्ब १७ करोड ४० लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । “मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात ४.९० प्रतिशत र निर्यात १४.६८ प्रतिशतले घटेको छ । आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट ६.८७ प्रतिशत र निर्यातमा ८०.१४ प्रतिशतले बढेको छ”, उनले भने ।
काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलैँची,अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ ।










प्रतिक्रिया