सेयर बजारमा दोहोरो अंकको करेक्सन, बजार पूँजीकरण ४५ खर्ब कायम


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से १८.०२ अंकले घटेर २७३९.९५ अंकमा पुगेको हो ।

गत साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से ९.२२ अंकले घटेर २७५७.९७ अंकमा पुगेको थियो । बुधबार ९.७० अंकले घटेको थियो ।

नेप्से परिसुचकमा लगातार आएको गिरावटसँगै बजार पूँजीकरण पनि खुँम्चिदै गएको छ । आइतबार कुल बजार पूँजीकरण ४५ खर्ब ७८ अर्ब ३२ करोड ५३ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहिबार कूल बजार पूँजीकरण ४६ खर्ब ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ कायम भएको थियो । बुधबार ४६ खर्ब २३ अर्ब ८५ करोड ३१ लाख रुपैयाँ कायम भएको कुल बजार पूँजीकरण मंगलबार ४६ खर्ब ३७ अर्ब १३ करोड ९३ लाख रुपैयाँ कायम भएको थियो ।

आइतबार १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयरहरु ५८ हजार १०५ पटक किनबेच हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह १२.०९ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्दा नारायणी विकास बैंकको सेयर मूल्य ७.२९ प्रतिशतले घटेको छ ।

हिमालयन डिस्टिलरी १ अर्ब ७५ करोड ७९ लाख ३० हजार रुपैयाँको कारोबार सहित सबैभन्दा बढी नाफा कमाउने कम्पनीको शीर्षस्थानमा रहेको छ । नाफा कमाउने कम्पनीको दोस्रो स्थानमा २४ करोड ४७ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार सहित नेपाल रिइन्स्योरेन्स रहेको छ ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।