
साताको पहिलो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ । यसअघि लगातार तीन दिन बढ्दै आएको सुनको भाउ आइतबार भने स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाला सुन तोलामा ९४ हजार ३०३ रुपैयाँ, तेजावी सुनको भाउ ९३ हजार ८५४ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो। पुस यता पछिल्लो तीन दिनमा सुनको भाउ २ हजार रुपैयाँले महङ्गिएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया