भोजपुरमा प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन


भोजपुर । कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार आर्थिक करिडोर पाख्रीबासबाट २ करोड ६९ लाख रुपैयाँ लागतमा भवन निर्माण एवं उपकरण जडान गरिएको छ ।

केन्द्रमा बाली र पशुमा लाग्ने रोग परीक्षण गर्न छुटाछुटै प्रयोगाशालाको व्यवस्था गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका पनि यस्तै प्रयोगशाला सञ्चालनमा छ ।रासस

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार  ०८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।