काठमाडौँ । सेयर बजार रिसुच नेप्सेमा हरियाली देखिएको छ । बुधबार नेप्से ५३.०१ अंकले बढेर २८१९.१० अंकमा पुगेको छ ।
बुधबार २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
आज ७२ हजार ५२८ पटकको कारोबारमा १ करोड ४९ लाख ८६ हजार १४२ पटक किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से ४.८३ अंकले बढेर २७६६.०९ अंकमा पुग्दा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा ग्रीन भेन्चर ८.०८, के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्स ७.६० र गार्जियन माइक्रो लाइफको सेयर मूल्य ७.२८ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा ६५ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनबेच सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ग्रीन भेन्चर लिमिटेड ८ लाख ४६ हजार ६२३ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४७ खर्ब १० अर्ब ८५ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । मंगलबार कुल बजार पूँजीकरण ४६ खर्ब २२ अर्ब २६ करोड १९ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया