चार महिनामा एक खर्ब बढीको धितोपत्र सूचीकृत, ५ अर्ब ९३ करोडको बोनस

0
Shares

चालु आर्थिक वर्षको चार महिनामा धितोपत्र बजारमा एक खर्ब बढीको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा साधारण शेयर (आईपीओ), बोनस शेयर, डिबेन्चर र अन्य गरी कुल एक खर्ब २१ अर्ब ६५ करोड बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।

चार महिनामा एक खर्ब बराबरको विकास ऋणपत्र, ९ अर्ब ४५ करोड बराबरको साधारण शेयर, ५ अर्ब ५३ करोड बराबरको बोनस शेयर, ४ अर्ब बराबरको डिबेञ्चर, २ अर्ब २ करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचअल फण्ड गरी एक खर्ब २१ अर्ब ६५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय सस्था र बीमा कम्पनीको धितोपत्र बजार पूजीकरणको हिस्सा ७३.३ प्रतिशत रहेको छ ।

जलविद्युत कम्प्नीको हिस्सा ६ दशमलव ६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३ दशमलव ६ प्रतिशत, होटेलको हिस्सा १ दशमलव १ प्रतिशत, व्यपारिक संस्थाको हिस्सा ० दशमलव ५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्चेञ्जमा कात्तिकसम्ममा सूचीकृत ४ अर्ब ९४ करोड शेयरको चुक्ता मूल्य ४८४ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरुको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ३५ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले तीन अर्ब ४४ करोड बराबरको डिबेञ्चर, ९३ करोड ८६ लाख बराबरको साधारण शेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर र ५० करोड बराबरको म्युचअल फण्ड गरी कुल ५ अर्ब ४१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।