प्रभु इन्स्योरेन्सको ७ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुल्यो

0
Shares

प्रभु इन्स्यारेन्स (PRIN) ले आज पुस ७ गते मंगलबारदेखि संस्थापक समूहको ७ लाख ३५ हजार शेयर लिलामीमा बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्नका लागि लगानीकर्ताले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।  शेयरको न्यूनतम मूल्य ३२२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । सोभन्दा बढी शेयर खरिद गर्नका लागि १० अंकले भाग जाने अंकमा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय कमलादीमा शिलबन्दी बोलपत्र पशे गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।