ङादी ग्रुप पावरले १०.५२ प्रतिशत लाभांश बाँड्ने, बोनसपछि ३०% हकप्रद

0
Shares

ङादी ग्रुप पावर (NGPL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सोमबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरण गर्न कम्पनीले पुस २८ गते साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीले रजिष्टर्ड कायार्लय अनामनगर, काठमाडौंमा बिहान १० बजेका लागि सभा बोलाएको हो ।

सभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने र बोनसपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन प्रस्ताव समेत पारित गर्ने भएको छ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुधबार बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १४ गते मंगलबारसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।