युनाइटेड फाइनान्सले बोलायो साधारण सभा, लाभांश वितरण नगर्दा शेयरधनी भने निराश

0
Shares

युनाइटेड फाइनान्स (UFL) ले पुस २९ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। कोरोना महामारीका कारण फाइनान्सले केन्द्रीय कार्यालय दरवारमार्गबाट सभा सञ्चालन गर्ने भएको छ ।

सभामा सञ्चालक समिति अध्यक्षद्वारा प्रस्तुत आव २०७६।७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरु र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

फाइनान्सले आफ्ना शेयरधनीलाई त आर्थिक वर्ष २०७६/७७ बाट कुनैपनि लाभांश वितरण नगर्ने भएपछि शेयरधनीहरु भने निराश भएका छन् । फाइनान्सको सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न २५५ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले पुस १४ गते मंगलबारदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। यस अनुसार पुस १३ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

फाइनान्सको चुक्ता पूँजी एक अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७७, बुधबार  ०८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।