मेगा बैंकको दशौं वार्षिक साधारण सभा पुस २९ गते, १३% लाभांश अनुमोदन हुने

0
Shares

मेगा बैंक नेपाल (MEGA) ले पुस २९ गते बुधबार बैंकको दशौं वार्षिक साधारण डाकेको छ ।

बैंकको सञ्चालक समितिको पुस ७ गते सम्पन्न बैठकले बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा  बिहान ११ः३० बजे सभा आह्वान गरेको हो ।

बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

सभाले बैकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व २०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनश शेयर र ३.०५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश स्वीकृत गर्नेछ ।

यसैगरी सभाले २०७७/७८ का लागि बैंकको लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका अन्य प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

सधारण सभा तथा लाभांश वितरण प्रयाजनका लागि बैंकले पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने भएको छ । यसअनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा शेयरमा कारोबार भई कायम शेयरधनीहरुलाई मात्र लाभा.श वितरण तथा सभामा उपस्थित गराइने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।