सुनको मूल्य बुधबार प्रतितोला ९ सय रुपैयाँले घट्यो

0
Shares

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ९ सय रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार , तेजावी ९३ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २६५ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ, तेजावी ९४ हजार ४ सय रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

पुस यता निरन्तर बढीरहेको सुनको भाउ पछिल्ला दुई दिन भने घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७७, बुधबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।