काठमाडौँ । पर्वतारोहण शुल्क १० वर्षपछि वृद्धि भएको छ । पर्यटन विभागले १० वर्षपछि सोमबारदेखि लागु हुने गरि पर्वतारोहणको लागि नयाँ शुल्क निर्धारण गरेको हो ।
विभागका अनुसार फरक फरक उचाईका हिमालहरुको लागि फरक फरक शुल्क निर्धारण गरिएको छ । विभागका अनुसार पर्वतारोहणसम्बन्धि नियमावली २०५९ को छैटौँ संशोधन अनुसार नयाँ शुल्क निर्धारण गरिएको हो । उक्त नियामावली बमोजि फरक फरक यामको लागि फरक फरक दस्तुर निर्धारण भएको छ ।
विगत १० वर्षदेखि पर्वतारोहण शुल्क स्थिर रहेको र अरु देशहरुको तुलनामा अझै पनि कम दस्तुर निर्धारण भएकोले शुल्क वृद्धि गरिएको विभागका सुचना अधिकारी लिलाधर अवस्थीको भनाई छ । उनका अनुसार सगरमाथा संसारकै निर्विकल्प हिमाल भएको र यसको आरोहण शुल्क अन्य अन्तर्राष्ट्रिय हिमालहरुको तुलनामा कम रहेकोले पनि शुल्क वृद्धि गरिएको हो ।
पर्वतारोहरणलाई व्यवस्थित बनाउन समयक्रम अनुसार नै शुल्कमा वृद्धि गरिएको सुचना अधिकारी अवस्थीले बताए ।
यसअघि सन् २०१५ को जनवरीमा कायम गरिएको पर्वतारोहण शुल्क एक दशकपछि परिवर्तन भएको उनको भनाई छ ।
नयाँ वृद्धि भएको शुल्क हिमालको उचाईको आधारमा वर्गाीकरण गरिएको छ ।
नयाँ वृद्धि गरिएको शुल्क अनुसार विदेशी पर्यटकले दक्षिणपूर्वबाट सगरमाथा आरोहण गर्नको लागि वसन्तयाममा १५ हजार डलर तिनुपर्ने छ । यस्तै शरद ऋतुमा आरोहण गर्न ७ हजार ५०० डलर र शिशिर तथा वर्षा ऋतुमा आरोहण गर्नको लागि ३ हजार ७५० डलर तिर्नुपर्ने छ ।
दक्षिणपूर्वी बाहेक अन्य मार्गबाट सगरमाथा आरोहण गर्ने विदेशीको हकमा बसन्त ऋतुमा १० हजार डलर दस्तु तिर्नुपर्ने छ । शरद ऋतुमा ५ हजार डलर तिर्नुपर्ने छ । शिशिर तथा वर्ष ऋतुमा २ हजार ५०० डलर तिर्नुपर्ने छ ।
यसअघि सगरमाथा आरोहण गर्ने विदेशी नागरिकले शरद ऋतुमा ५ हजार ५०० डलर र शिशिर र वर्षा ऋतुमा २ हजार ५०० डलर तिर्नुपर्थ्यो ।
सगरमाथा आरोहण गर्ने नेपालीको हकमा बसन्त ऋतुमा १ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । शरद ऋतुमा ७५ हजार रुपैयाँ र शिशिर तथा वर्षा ऋतुमा ३७ हजार ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
आठ हजारमाथिका अन्य हिमालहरुको आरोहण शुल्क पनि ऋतुअनुसार फरक फरक कायम गरिएको छ । आठ हजारमाथिका हिमाल आरोहण गर्ने विदेशी पर्यटकले वसन्त याममा ३ हजार डलर तिर्नुपर्ने छ । शरद ऋतुमा १ हजार ५०० डलर र शिशिर तथा वर्ष ऋतुमा ७५० डलर तिर्नुपर्ने पर्यटन विभागले जनाएको छ ।
यसअघि यी हिमालहरु आरोहण गर्न वसन्त ऋतुको लागि १ हजार ८००, शरद ऋतुमा ९०० र शिशिर तथा वर्षा ऋतुमा ४५० डलर तिर्नूपर्थ्यो ।
यी हिमालहरु आरोहण गर्ने नेपालीको हकमा वसन्तयाममा ५० हजार, शरदमा २५ हजार र शिशिर तथा वर्षा याममा १२ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै ७ हजार ५०१ देखि ८ हजार सम्म उचाईका हिमाल आरोहण गर्नको लागि वसन्त याममा १ हजार शरद याममा ५०० र शिशिर तथा वर्ष याममा २५० डलर तिर्नुपर्ने भएको छ । यसअघि यो शुल्क क्रमशः ६००, ३०० र १५० रुपैयाँ निर्धारण गरिएको थियो ।
नेपाली आरोहीको हकमा वसन्त, शरदर शिशिर तथा वर्षमा याममा क्रमशः४० हजार, २० हजार र १० हजार रुपैयाँ तोकिएको छ ।
विभागका अनुसार ७ हजार देखि ७ हजार ५०० मिटर उचाईका हिमाल आरोहण गर्नको लागि वसन्त याममा ८००, शरद याममा ४०० र शिशिर तथा वर्षा याममा २०० डलर तिर्नुपर्ने छ । यसअघि यस्तो शुल्क वसन्त याममा ५००, शरद याममा २५० र शिशिर तथा वर्षा याममा १२५ रुपैयाँ निर्धारण गरिएको थियो ।
नेपाली आरोहीले भने वसन्त याममा ३० हजार शरदमा १५ हजार र शिशिर तथा वर्षा याममा ७ हजार ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
यस्तै ६ हजार ५०१ देखि ७ हजार मिटरका हिमाल आरोहण गर्दा वसन्त याममा ५०० डलर , शरद याममा २५० डलर र शिशिर तथा वर्षा याममा २०० डलर निर्धारण गरिएको छ । यसअघि यी हिमालहरु आरोहण गर्दा वसन्त याममा ४०० डलर , शरदमा २०० र शिशिर तथा वर्षा याममा १०० डलर निर्धारण गरिएको थियो ।
यी हिमालहरु आरोहण गर्ने नेपालीको हकमा वसन्त ऋतुको लागि २५ हजार, शरद ऋतुको लागि १२ हजार ५०० र शिशिर तथा वर्षा ऋतुको लागि ६ हजार २५० रुपैयाँ तोकिएको विभागले जनाएको छ ।
यसैगरि ६ हजार ५०० मिटर भन्दा कम उचाईका हिमाल आरोहण गर्दा वसन्त याममा ३५० डलर, शरद याममा १७५ डलर र शिशिर तथा वर्षा याममा १०५ डलर निर्धारण गरिएको छ । विगतमा यी हिमालहरु आरोहण गर्दा वसन्त याममा २५० डलर, शरद याममा १२५ डलर र शिशिर र वर्षा याममा ७० डलर निर्धारण गरिएको थियो ।
नेपाली नागरिकले वसन्त याममा हिमाल आरोहण गर्न वसन्त याममा २० हजार, शरदमा १० हजार र शिशिर तथा वर्षा ऋतुमा ५ हजार रुपैयाँ निर्धारण गरिएको पर्यटन विभागले जनाएको छ ।
यस्तै आमादब्लुम हिमचुलीको लागि भने छुट्टै शुल्क निर्धारण गरिएको छ । यो हिमाल आरोहण गर्ने विदेशीले वसन्त र शरदमा १ हजार डलर र शिशिर तथा वर्षा ऋतुमा ५०० डलर तिर्नुपर्ने छ । यो हिमाल आरोहण गर्न नेपाली आरोहीले वसन्त ऋतुमा ४० हजार शरद ऋतुमा २० हजार र शिशिर तथा वर्षा ऋतुमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने पर्यटन विभागले जनाएको छ ।










प्रतिक्रिया