एनएमबि बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

0
Shares

एनएमबि बैंकले पुस २९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंक सञ्चालक समितिको पुस ७ गते बसेको ४१३ औँ बैठकले कृष्ण टावर, नयाँ बानेश्वरमा बिहान १०ः३० बजेका लागि साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

त्यस्तै अधिकृत पूँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभाबाट पारित गराउनेछ ।

बैंकले सभामा बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पेश गर्ने छ । साथै, सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।

सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुनसक्ने गरी लगानीकर्तालाई मिटिङको आइडी र पासवर्ड प्रदान गरिने बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बिहीबार बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार पुस १५ गते बुधबारसम्म कायम रहने शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।