सरकारी बीमा कम्पनीको कार्यशैली देखेर बीमा समिति नै दिक्क

0
Shares

सरकारी स्वामित्वमा रहेका बीमा कम्पनीहरुले नै बीमा समितिको निर्देशनलाई पालन गरेका छैनन । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाले वित्तीय विवरणको सन्दर्भमा समितिको निर्देशनलाई अटेरी गरेका हुन ।

राष्ट्रिय बीमा कम्पनीले समितिले दिएको निर्देशन विपरित लाभांश घोषणा गरेको बीमा समितिका अध्यक्षय चिरञ्जीवी चापागाईँले बताए ।

समितिले २०७५ साल सम्मको अर्थात ६ वर्षको वित्तीय विवरण स्वीकृत गरेर १८/१९ बुदे निर्देशन दिएको थियो । समितिले अन्तिम वर्षको वित्तीय विवरण फाइनल नभएसम्म कुनै पनि प्रकारको लाभांश नदिन निर्देशन दिएको थियो ।

तर, समितिले दिएको उक्त निर्देशनलाई उल्लंगन गर्दै कम्पनीले १२० प्रतिशत बोनश घोषणा गरेको समितिका अध्यक्ष चापाँगाईले बताए । आफुले दिएको निर्देशन विपरित बोनश घोषणा गरे पछि कम्पनीलाई समितिले १५/२० वटा पत्र पनि पठाईसक्यो उनको भनाइ छ । “आफु जानु भन्दा केही गरेर जान्छु भनेर एक महिना अघि कम्पनीलाई बोर्ड मै ल्याई वित्तीय विवरण सच्चाएर ल्याउनका लागि निर्देशन दिए पनि कम्पनीले समितिको निर्देशनलाई वेवास्ता गरेको छ,” उनले भने।

त्यसैगरी सरकारी स्वामित्वमा रहेको अर्को बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले १० वर्षदेखि बीमाङ्कीय मूल्याङ्कन गर्न बाँकी छ । समितिमा संस्थानको ६ वर्षको वित्तीय विवरण स्विकृत गर्न बाँकी छ । संस्थानले बीमा समितिसँग पेश गरेका अधिकांश वित्तीय विवरणमा त्रुटि रहेको अध्यक्ष चापागाईँको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।