डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा १ करोड ६७ लाख ७९ हजार रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण गरेको छ ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।