विजय लघुवित्त वित्तीय संस्था (VLBS) ले गत आर्थिक वर्षबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउन पुस १६ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्ने भएको छ ।
लघुवित्तले लाभांश पारित गर्न लघुवित्तले पुस २९ गते विजय विकास स्रोत केन्द्र गैंडाकोटमा बिहान ९ बजे भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस र कर तिर्न १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी विजय लघुवित्त र अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह, आव २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया