छिमेक लघुवित्तको लाभांश पारित गर्न पुस २९ मा साधारण सभा

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २९ गते बुधबार १९ औँ साधारण सभा आव्हान गरेको छ ।

पुस ७ गते मंगलबार बसेको संचालक समितिको २५४ औँ बैठकले मकवानपुरको हेटौँडा स्थित होटल सामनाको हलमा बिहान ११ बजे सभा बोलाएकोे हो ।

सभामा आ.व. २०७७/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरिने छ ।

लाभांस वितरण प्रयोजनका लागि लघुवित्तले पुस १५ गते बुधबार देखि बुक क्लोज गर्नेछ । तसर्थ १४ गते मंगलबार सम्म नेप्सेमा कारोबार भइ शेयरधनी कायम भए मात्र लाभांश र सभामा उपस्थित हुन पाइने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।