एभरेष्ट र एनबी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

एभरेष्ट बैंक र एनबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

एभरेष्टले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ भने एनबी बैंकले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नेपाल बंगलादेश बैंकले पुस २६ गते बस्ने वार्षिक साधारणसभामा ६ प्रतिशत बोनस शेयर र करसहित २.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ ।

बैंकले शुक्रबार बुक क्लोज गर्ने भएकाले बिहीबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका छन् । साधारणसभा पुस २६ गते बिहान ११ः३० बजे भर्चुअल मध्यमबाट सुरु गर्ने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार  ११ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।