काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसुचक ११.५२ अंकले घटेर २७०८.२५ अंकमा पुगेको छ ।
आइतबार ५८ हजार ८७ पटकको कारोबारमा १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयरहरु ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँमा किनबेच भएका छन् ।
गत साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से ६.५५ अंकले घटेर २७१९.७७ अंकमा पुग्दा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको थियो ।
आइतबार हिमस्टार ऊर्जा कम्पनीको सेयर १० प्रतिशतले बढ्दा पञ्कन्यामाई हाइड्रोपावरको ४.६२ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा युनियन हाइड्रोपावर २९ करोड ९९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा हिमालयन बैंक ७ हजार ४१४ पटकको कारोबार सहित अग्रस्थानमा रहेको छ ।












प्रतिक्रिया