सिर्जना फाइनान्स (SFFIL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फाइनान्सले अघिल्लो आवको तुलनामा गत आवको नाफाबाट शेयरधनीलाई १.५२ प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्सको पुस ९ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जसअनुसार कम्पनीले चुक्ता पूँजी ८४ करोड ७८ लाख ३८ हजार ८८० रुपैयाँबाट १२ करोड ९ लाख ५४ हजार ७६७ रुपैयाँ लाभांश वितरण गर्नेछ। जसमा ११ करोड ५१ लाख ९५ हजार १७ रुपैयाँ बराबरको बोनस र ५७ लाख ५९ हजार ७५१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बोनस वितरणपछि फाइनान्सको चुक्ता पूँजी ९६ करोड ३० लाख ३३ हजार ८९७ रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा फाइनान्सको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।
अघिल्लो आव २०७५/७६ को नाफाबाट फाइनान्सले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया