काठमाडौँ । नेपाल सेनाले मंगलबार रातिदेखि बुधबार बिहानसम्मा काठमाडौँसहित विभिन्न स्थानबाट अराजक गतिविधि तथा लुटपाटमा संलग्न रहेका २७ जनालाई पक्राउ गरेको छ ।
साथै, काठमाडौँको गौशाला (चाबहिल बौद्ध) क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार ३१ नाल, म्यागजिन र गोलीगठ्ठाहरु बरामद गरिएको छ ।
यसका साथै २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ भने ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको सेनाले जनाएको छ ।










प्रतिक्रिया