मोरङमा निषेधाज्ञा


विराटनगर । शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको छ ।

आदेशमा आज बेलुका ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यु आदेश निरन्तर रहेको जनाइएको छ । मोरङमा यही भदौ २४ गदेदखि नै निषेधाज्ञा र पछि कफ्र्यु आदेश जारी गर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

पछिल्लो समयमा मोरङमा थप कुनै अप्रिय घटना नभएको प्रजिअ यादवले जानकारी दिए । शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेका छन् ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।