कारागारबाट भागेका पाँच कैैदी–बन्दी प्रहरी नियन्त्रणमा


कञ्चनपुर । यहाँस्थित जिल्ला कारागारबाट भागेका ५ कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आत्महत्या दुरुत्साहनका दुई, लागूऔषधका एक, जबर्जस्तीकरणीका एक र चोरी मुद्दाका एक जनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा बुझाउने तयारी भइरहेको उनले बताए । कारागारबाट भागेका अरू कैदी–बन्दीको खोजतलासको कार्य भइरहेको उनको भनाइ रहेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार  १४ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।