हट्यो कर्फ्यु र निषेधाज्ञा


काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा लगाएको कर्फ्यू र निषेधाज्ञा अहिले हटेको छ ।

जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई गएराति राष्ट्रपतिले शपथ गराइसकेका छन् । नवनियुक्त प्रधानमन्त्री कार्कीले कार्यभार सम्हालेसँगै कर्फ्यु तथा निशेधाज्ञा हटाइएको हो ।

जेनजी आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षाको कारण देखाउँदै सेनाले ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू आदेशसम्बन्धी सूचना जारी गर्ने गरेकोमा शनिबार साँझबाट भने थप सूचना आएको छैन । आज बिहान ६ बजेसम्म मात्र कर्फ्यू कायम थियो ।

आज बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । जनजीवन सामान्य बनेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार  ०८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।