ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो


ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार  १२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।