ओपोद्धारा भारतमा फाइभजी ईन्नोभेसन ल्याबको स्थापना

0
Shares

ओपो मोबाइलले भारतमा फाइभजी ईन्नोभेसन ल्याबको स्थापना गरिएको छ ।

विश्वब्यापी फाइभजी अनुभवलाई अझ माथी उकास्न ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको हो ।

“ओपोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ ।  भारतमा फाइभजी ल्याबको स्थापनासंगै फाइभजी ईकोसिस्टमका लागि अत्यावश्यक मुलभूत प्रविधिहरुको निर्माण हाम्रो प्रमुख उद्देश्य हो”, ओपो रिचर्स ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने, “ साथै हाम्रा पार्टनर्सहरुका साथमा औद्योगिक रुपान्तरणलाई थप अगाडी बढाउन यसले उल्लेख्य तेवा पु¥याउने हाम्रो विश्वास छ ।”

फाइभजी क्षेत्रकै एक सक्रिय कम्पनीका रुपमा ओपोले फाइभजी मानक, उत्पादन विकास, एप्लिकेशन विकास तथा नवप्रबर्तनका क्षेत्रमा उल्लेखनिय योगदान दिँदै आइरहेको छ ।

सन् २०२०को सेप्टेम्बरसम्म आईपुग्दा ओपोले तीन हजार भन्दा बढी थ्रीजीपीपीका लागि फाइभजी मानक सम्बन्धि प्रस्तावना पेश गरिसकेको छ । साथै, १ हजार फाइभजी मानक प्याटेन्ट फेमिलिज् ईटीएसआईका लागि घोषणा गरिसकेको छ ।

जापानी रिसर्च ईन्ष्टिच्यूशन एनजीबी कर्पोरेशनका अनसार फाइभजी प्याटेन्ट फेमिलिज घोषणा गर्ने कुरामा ओपो वैश्विकस्तरमै दश अग्रणी कम्पनी मध्यको एकमा पर्दछ ।

ओपोले क्यामेरा, पावर र ब्याट्री तथा कार्यक्षमता समर्पित आरएण्डडीका लागि भारतमा थप तीन ईन्नोभेशन ल्याब सञ्चालनमा ल्याउने भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।