नागरिक लगानी कोषले १० अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

नागरिक लगानी कोषले दश अर्ब बढी रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कोषले मंगलबार एक सूचना जारी गरी १० अर्ब ४ करोड ९८ लाख ४४ हजार रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । कोषले उक्त रकम ‘क’ वर्गका वाणिज्य बैंकहरुका एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।

इच्छुक बैंकहरुलाई आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी आगामी पुस १७ गतेभित्र शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।