नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, मर्जर र एक्विजिशनको एजेण्डा समावेश

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश वितरण तथा मर्जर तथा एक्विजिशनमा जाने लगायतका एजेण्डा पारित गर्न माघ ८ गते बिहीबार ३४ औँ साधारण सभा आह्वान गरेको छ।

बैंकको पुस १० गते बसेको संचालक समितिको ५४१ औँ बैठकले केन्द्रीय कार्यालय दरबार मार्ग काठमाण्डौमा सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट संचालन गरिने छ ।

आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकले शेयरधनीलाई १३ प्रतिशत वोनश शेयर र ५.५० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसका साथै, बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बंैकले पुस २२ गते देखि सभाको मिति सम्म शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ पुस २१ गते मंगलबार सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले साधारण सभामा भागलिन तथा प्रस्तावित लाभांश पाउनेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।