पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त


काठमाडौँ । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई सञ्चारमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको लामो अनुभव समेत रहेको छ ।

उनले ईमेज टेलिभिजनमा समाचार वाचनका साथै ‘हट सीट’ कार्यक्रम समेत चलाउँदै आएका छन् ।

नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउने छन् ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।