दोर्दी खोला जलविद्युतले आईपीओ निष्काशन गर्ने, एजिएमबाट पारित गर्दै

0
Shares

दोर्दी खोला जलविद्युत कम्पनीले साधारण शेयर निष्काशन गर्ने भएको छ । माघ ९ गते बिहान ११ बजे आह्वान गरेको साधारण सभामा आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

दोर्दी खोला जलविद्युत कम्पनीले सभाको विशेष प्रस्ताव मार्फत सर्वसाधारणको लागि शेयर निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव पनि अनुमोदन गरिने पनि जनाइएको छ । यसैगरी दोदी १ जलविद्युत आयोजना निर्माणका लागि थप ऋण लिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत विवरणहरु, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

यसैगरी नियामक निकायहरुको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

संस्थाको पुस १२ गते सम्पन्न सञ्चालक समितिको निर्णयानुसार माघ ९ गते, शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल (जुम) माध्यमबाट सभा बोलाइएको छ ।

  • कतिको आउँछ आईपीओ ?

दोर्दी खोला जलविद्युत कम्पनीको २०१० मा स्थापना भएको हाइड्रोपावर कम्पनी हो । कुल २ अर्ब २९ करोड २० लाख रुपैयाँ लागत अनुमान अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ११ लाख रुपैयाँ छ ।

चुक्ता पुँजी ७५ करोड ९० लाख रहेको दोर्दी खोला जलविद्युत कम्पनीले ५४ करोड ९६ लाख ६९ हजार ६०० रुपैयाँ बराबरको ५४ लाख ९६ हजार ६९६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । रेटिङ एजेन्सी इक्रा नेपालले दोर्दी खोला जलविद्युतको आइपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

कम्पनीले आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा विद्युत खरिद बिक्री सम्झौता –पीपीए) गरिसकेकको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।