एनसीसी बैंकको साधारण सभा माघ ९ गते, लाभांश र मर्जर प्रमुख एजेण्डा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्न माघ ९ गते तेइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको साधारण सभा केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे अनलाइन भर्चुअल माध्यमबाट हुनेछ ।

उक्त सभाले हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीतर्फबाट एक जना महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन पनि गर्ने कार्यतालिका रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्। 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।