बिहीबारका लागि यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४९ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकेजी ४१ रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ४४ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७५ रुपैयाँ, रातो मूला प्रतिकेजी ५५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो १५० रुपैयाँ, मकै बोडी प्रतिकिलो ११० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो २१० रुपैयाँ घिउ सिमी (लोकल) प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी २१० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ११० रुपैयाँ, तीतो करेला प्रतिकिलो ७० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ८० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४५ रुपैयाँ, घिरौँला प्रतिकिलो ८५ रुपैयाँ, झिगुनी प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ७५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो १०० रुपैयाँ, भिण्डी प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकेजी १०० रुपैयाँ, पिँडालु प्रतिकिलो ८५ रुपैयाँ, स्कूस प्रतिकिलो २० रुपैयाँ, रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १३० रुपैयाँ, चमसुर प्रतिकेजी २१० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६५ रुपैयाँ, हरियो प्याज प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३७० रुपैयाँ, कुरिलो प्रतिकिलो ४५० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजीवन प्रतिकिलो २३० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो २१० रुपैयाँ, पार्सले प्रतिकिलो ८०० रुपैयाँ, सौफको साग प्रतिकिलो २५० रुपैयाँ, पुदिना प्रतिकिलो ७०० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १२० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, कागती प्रतिकिलो १४० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६५ रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ९० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो ९० रुपैयाँ र लप्सी प्रतिकिलो ६० रुपैयाँ, किबी प्रतिकिलो ३०० रुपैयाँ, सरिफा प्रतिकिलो १२० रुपैयाँ र आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो ८० रुपैयाँ, अदुवा प्रतिकिलो १३० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ५० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो ८० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, लसुन हरियो प्रतिकिलो १७० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ९० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो २१० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३५० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २४० रुपैयाँ, रूख टमाटर प्रतिकिलो २०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १००० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।