सुनको मूल्य तोलामा १२ सयले बढ्यो, चाँदीको मूल्यले राख्यो नयाँ रेकर्ड


काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ । आज चादीको मूल्य तोलामा ५५ रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख २२ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, शुक्रबार चाँदी प्रतितोला २ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी २ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७४६.८४ अमेरिकी डलर र चाँदी ४४.७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।