काठमाडौँ । सानिमा बैंक लिमिटेडले २२ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण शेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र अग्राधिकार शेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे २२ औं वार्षिक साधारणसभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।
आर्थिक बर्ष २०८२÷८३ मा ३ खर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ तथा खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले बृद्धि गरेको छ ।









